६ कार्तिक, रुपन्देही ।
रुपन्देहीको सामुदायिक टेलिभिजन प्रदेश स्तरिय सम्वाददाता कार्यशाला गोष्ठी मायादेबीको फोस रिपोर्ट आर सि एस रिसोर्टमा सम्पन्न भएको छ।
टेलिभिजनका सवांददाताहरुको कार्य दक्षता तथा कृयाशिलतालाई ताजगी दिन आयोजना गरिएको हो। कार्यशालामा सहभागी लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय सवांददाताहरुलाई सम्बोधन गर्दै बुद्ध सामुदायिक टेलिभिजनका सल्लाहकार रामचन्द्र ढकालले एक प्रतिस्थित सञ्चार गृहका लागि गाउँगाँउमा रहेका ससवांददाताहरु मुख्य मेरुदण्ड भएको बताउनुभयो। जनतालाई हरपल सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्न कुनै कसर बांकि नराख्ने संचारकर्मीहरुको योगदानला कारण समाज रुपान्तरणले फडको मार्दै गईरहेको सल्लाहकार ढकालले उल्लेख गर्नुभयो। फरक प्रसंगमा आफ्नो धारणा राख्दै सल्हाकार ढकालले देशमा भ्रष्टचार र अनियमित्ता बढ्नुमा हरेक राजनैतिक कार्यकर्ता तथा युवाहरु कृषि उत्पादनमा सहभागी नहुनु नै मुख्य कारण रहेको बताउनु भयो। जुन ब्यक्तिले लगनशिल भएर स्थिर रुपमा कृषि उत्पादनमा लगानी गर्छ उसले उसको आर्थिक जिबनस्तर बृद्धिका लागि कहिलै पछाडी फर्किनु नपर्ने जिकिर गर्नुभयो।
यस्तै कार्यक्रममा टेलिभिजनका निबर्तमान अध्यक्ष पृथबहादुर फौदारले संचारकर्मी समाज रुपान्तरणको दर्पण भएको र सामज रुपान्तरणमा सम्बाददाताहरुको भुमिका निकै महत्वपुर्ण र गम्भिर समेत हुने उल्लेख गर्नुनभयो। संचारकर्मीहरुको जिम्मेवारपुर्ण रिपोर्टिङ्गले त्यो समुदाय,क्षेत्र र ब्यक्तिको जिवनमा समेत आमुल परिबर्तन ल्याउने ताकत राख्ने भएकोले सवांदाताहरुलाई उनिहरुको कार्यक्षेत्रबारे पुर्नताजगीका लागि गोष्ठि र तालिमको व्यबस्था गर्न आवस्यक रहेको निबर्तमान अध्यक्ष फौदारले बताउनुबयो।
टेलिभिजनका कानुनी सल्लाहकार तथा शेयर सदस्य बुद्ध बहादुर थापाले संचार गृहको मेरुदण्ड सवांददाता भएपनि मेरुदण्डलाई सधै चलायमान बनाउन स्वस्थ रुपमा राख्नु पर्ने बताउनुभयो। सवांंददाताहरुले न घाम न पानी भनेर संचार गृहले खटाएको स्थानमा पुगेर त्यहाको वस्तुगत समाचार सम्प्रेषण गर्न रातदिन खटिनुपर्ने भएकोले सम्वाददाताहरुको जीवन निवाहमुखी ज्यालाका बारेमा टेलिभिजनले ध्यान दिन आवस्यक रहेको बताउनु भयो।
कार्यक्रममा टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवालीद्वारा प्रस्तुत बुद्ध सामुदायिक टेलिभिजन सवांददाता कार्यशाला सम्बन्धी कार्यपत्र माथी नेपाल पत्रकार महासंघ स्याङ्गजाका सभापति तथा सम्बाददाता श्री कृष्ण सिग्देल र अर्घाखांची सम्बाददाता प्रेम नारायण आचार्यले सुझाब सहितको टिप्पणी गर्नुभएको थियो।
टेलिभिजनले कार्यक्रममा सामुदायिक बुद्ध टेलिभिजनको भैरहवा क्षेत्रमा रही उत्कृष्ट कार्य गरेको भन्दै भैरहवाका सवांददाताहरु रबिन्द्र गुप्तालाई सम्मान समेत गरेको थियो। पत्रकार रबिन्द्र गुप्तालाई उत्कृष्ट सवांददाताहरुको रुपमा सम्मान गर्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न सवांददाताहरुको भुमिकालाई नजर अन्दाज गर्न नसकिने बताउनु भयो। सकेसम्म टेलिभिजनसंग जोडिएका सवांददाताहरुलाई थोरै भएपनि समयमै पारिश्रमिक उपलब्ध गराउनमा टेलिभिजनको मुख्य दृष्टि भएको समेत अध्यक्ष ज्ञवालीले उल्लेख गर्नुभयो। सामुदायिक बुद्ध टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा खेमराज रेग्मीको संचालन तथा कार्यकारी प्रमुख बिक्रम खडकाले स्वागत गर्नुभएको थियो।
सामुदायिक बुद्ध टेलिभिजन सवांददाता कार्यशला गोष्ठी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??