६ कात्तिक , काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बलात्कार आरोपमा हिरासतमा रहेका उनलाई यसअघि थप गरिएको समयसीमा सकिएसँगै आइतवार जिल्ला अदालत काठमाण्डौले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाण्डौको गौशालामा रहेको एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??