८ कार्तिक, काठमाण्डौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले एक कार्यक्रमका बिच चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेले काठमाण्डौमा भएको एक कार्यक्रम बिच घोषणा पत्र सार्वजनिक गर्नुभएको हो।
नेपाल मजदुर किसान पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा के कस्ता बिषयहरु समावेश गरिएका छन र मादलमा चिन्हमा किन मतदान गर्ने भन्नेबारे आम मतदाताहरुबिच गरिएको घोषणा पत्रमा उल्लेख छ।
जनता पहिलेका चुनावहरुमा भन्दा सेचत भइसकेको हुंदा यस पटकको चुनावमा पैसा, रक्सी मासु र भौतिक बस्तुहरुकको प्रलोभनमा नपरी घोषणा पत्रको अध्ययन गरेर मतदान गर्नेमा सो पार्टीले जनाएको छ।