११ कात्तिक, काठमाण्डौ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि बंगलादेश जान लागेको नेपाली टोलीको बिदाइ गरेको छ । एन्फाले एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार आज राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
नेपाली टोलीको नाम :
गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर : सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्ड : दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार