spot_img
spot_img
spot_img

आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै

spot_img

१३ कात्तिक , काठमाण्डौ ।

छठ पर्वको मुख्य दिन आज सूर्यको पुजा गरी मनाईदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शुक्रवारदेखि सुरु भएको हो । यस पर्वमा कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । र आज सुर्यलाई पूजा गरी अर्घ्य दिइँ यो पर्व मनाईदैछ ।

दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक ब्रत बसिन्छ भने आज यो पर्वको मुख्य दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छठपूजा समिति गुह्येश्वरीले जनाएको छ ।

कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img