spot_img
spot_img
spot_img

गुजरातमा झोलुङ्गे पुल भत्किँदा धेरैजना डुबेको आशंका

spot_img

१३ कात्तिक, एजेन्सी ।

गुजरातको मोरबीमा आइतबार माचु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । यस दुर्घटनामा पुलमा रहेका मानिसहरू नदीमा खसेको बताइएको छ। माचु नदीमा रहेको एक शताब्दी पुरानो झोलुङ्गे पुल भत्किएको बताइएको छ। प्रशासनका अनुसार उद्धार र राहतको काम सुरु गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार घाइतेहरूलाई लिएर एउटा एम्बुलेन्स दुर्घटनास्थलबाट निस्किएको देखिएको छ ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्वीट गर्दै भने, ‘मोरबीको झोलुङ्गे पुल भत्किँदा म गहिरो पीडामा छु। अधिकारीहरूबाट राहत र उद्धार कार्य जारी छ। घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएको छु। यस सम्बन्धमा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्कमा छु ।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img