spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै गर्नुपर्ने प्राधिकरणको निर्णय

spot_img

१४ कात्तिक, काठमाण्डौ ।

सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ । गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउनको लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु सबै चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ।
हिजोदेखि लागू गरेको उडान तालिका अनुसार चार्टर्ड उडानसँगै काठमाण्डौबाट हुँदै आएका हरेक तीन उडानमा एक उडान भैरहवाबाटै हुने र विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको प्राधिकरणले बताएको छ ।
कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थलमा जजिरा एअरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img