spot_img
spot_img
spot_img

गुजरात : मोरबीमा नदीमाथिको झोलुङ्गे पुल भत्किँदा कम्तीमा ६० जनाको मृत्यु

spot_img

गुजरातको मोरबीमा माच्छु नदीमा रहेको झोलुङ्गे पुल  आइतबार भत्किएको छ । अहिलेसम्म कम्तिमा ६० जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री राहत कोषबाट मृतकका आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ । १५ मिनेटमै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेका थिए ।

अर्कोतर्फ गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

करिब एक शताब्दी पुरानो यो पुल पछिल्लो समय मर्मतपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

अधिकारीका अनुसार मोरबीमा पुल भत्किँदा दुर्घटनामा परी मृत्यु भएका परिवारका लागि जिल्ला प्रकोप नियन्त्रण कक्षको हेल्पलाइन नम्बर जारी गरिएको छ ।

यस हेल्पलाइन नम्बर ०२८२२ २४३३०० मा अझै बेपत्ता भएका परिवारको जानकारी पाउन सकिने अधिकारीहरूले बताएका छन् ।

दीपावलीको बिदा र आइतबारका कारण पुलमा मानिसको बाक्लो भीड थियो । तर, यो शताब्दी पुरानो पुल के
 कारणले ढल्यो भन्ने कारण भने खुल्न सकेको छैन ।

पुल भत्किनुको कारणबारे अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ । रिपोर्टका अनुसार पुल भत्किँदा 
करिब ४ सय मानिस त्यहाँ थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img