spot_img
spot_img
spot_img

भारतमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा

spot_img

१५ कात्तिक, एजेन्सी ।

भारतले आज मङ्गलवारदेिख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ । भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परीक्षणकालमा डिजिटल मुद्रा प्रयोगका लागि नौ वटा बैंक छानिएका छन् । एक महिनासम्म परीक्षणकालका रूपमा प्रयोग हुने र त्यसपछि आवश्यक नीतिगत सुधारसहित नियमित प्रयोगमा ल्याउने भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यसको मुख्य प्रयोग दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा हुने जनाइएको छ । केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रा पनि क्रिप्टोकरेन्सीहरू जस्तै ब्लक चेन प्रविधिमा आधारित हुने र यस्तो मुद्रा निश्चित दरसम्म मात्र जारी गर्न सकिने भारतीय रिजर्भ बैंकले जनाएको छ । डिजिटल मुद्रा पनि नोट वा सिक्काजस्तै केन्द्रीय बैंकको नियमनमा चल्नेछ । डिजिटल मुद्राको मूल्य अहिले रहेको मुद्राकै बराबर हुने छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img