१६ कात्तिक, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको अभियोगमा बुधवारदेखि थुनछेक बहस सुरु भएको छ। आजदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको जनार्ईएको छ ।आज काठमाण्डौ जिल्ला अदालतमा प्रतिवादीको तर्फका वकिल मुरारी सापकोटाले जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण पक्षले पेस गर्न नसकेको उबताएका छन । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता कुनलाई आधार मान्ने भन्ने बारेमा वकालत गरिएको छ । सापकोटाले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको बताएका छन।
‘काठमाण्डौ जिल्ला अदालतसमक्ष हामीले दुई वटा विषयवस्तु जोडदाररूपमा उठायौँ । जबरजस्ती करणी भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने रु जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने रु किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’ उनले भनेका छन ।