रुपन्देही ५ मा सत्ता पक्ष गठबन्धनको चुनावी घरदैलो तिव्र बनिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सत्तापक्ष गठबन्धनको तर्फबाट साझा उमेद्वारको रुपमा रहेका नेपाली कांग्रेसका भरत कुमार शाह र नेकपा माओवादी केन्द्र विनोद पहाडी चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलो गर्ने कार्यलाई तिव्रता दिइरहेका छन। यसैक्रममा मतदाताहरु बिच मत माग्ने क्रममा शुक्रवार कञ्चन गाउपालिका वडा नं ३ का विभिन्न स्थानहरुमा पुगेका छन।
प्रतिनीधि सभा सदस्य तर्फ भरत कुमार शाह तथा प्रदेश सभा तर्फ रुपन्देही ५ (१) मा पुर्व संबिधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका विनोद पहाडीले चुनाव पछि प्राप्त हुने परिणामलाई सहर्ष स्विकार्दै सदै आम जनताका बिचमा रहेर जनताकै सेवा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।
चुनावी प्रचारको पहिलो दिन शुक्रवार कञ्चन ३ को सालघारी, जिग्निया, प्रतावपुर, धमिनाताल, सामुदायिक टोल, कार्की, बुद्धचोक, धौलागिरीचोक, राधाकृष्ण मन्दिर, चौरी लगायत बिभिन्न स्थानमा उमेद्वारहरुले आ आफ्नो पार्टीको घोषणा पत्र तथा प्रतिबद्धता पत्र सहित घर दैलो गरेका थिए। घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ती पार्टी, राष्टिेरय जनमोर्चा र नेकपा एककिृत समाजवादीका स्थानीय नेता तथा कार्यकर्ताहरु समेत आफ्ना उमेद्वारहरुसंगै सहभागी भएका थिए।