नेकपा क्रान्तीकारी माओवादी सहितको ४ राजनैतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहिस्कार कार्यक्रमलाई तिव्रता दिइरहेका छन। यसैक्रममा रुपन्देहीमा पनि कार्तिक २०, २१ र २२ गते ३ दिन सम्म चुनवा बहिस्कार कार्यक्रम अन्तर्गत रुपन्देहीका ३१ स्थानमा चुनाव बहिस्कार तथा अवज्ञा कार्यक्रम संचालन गर्ने भएको छ।नेपाल कम्युनष्टि पार्टी मशाल, नेकपा क्रान्तीकारी माओवादी, नेकपा बहुमत र माओवादी कम्युनिष्ट पार्टी नेपाल सहितको ४ राजनैतिक दलको नेतृत्वमा संचालन भइरहेको चुनाव बहिस्कार तथा अवज्ञा कार्यक्रमलाई तिव्रता दिनेक्रममा चुनाव बहिस्कारको बिभिन्न कार्यक्रमहरुलाई लिएर २० गते रुपन्देहीमा आउने तय भएको देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष के।जि। कुमारले जानकारी दिनु भएको छ।
शनिबारसम्म कपिलबस्तुको बिभिन्न स्थानहरुमा चुनाव बहिस्कार सम्बन्धी कोणसभा, भित्तेलेखन,पर्चा पोस्टर टाँस्दै घरदैलो गरेर जनतालाई चुनाव बहिस्कार गर्नुको औचित्यवारे प्रशिक्षण तथा सचेतना प्रदान गर्ने कार्य रहेको नेपा कम्युनष्टि पार्टी मशाल रुपन्देही जिल्ला प्रवक्ता दीपक पौडेलले जानकारी दिनुभयो। संघिय जनगणतन्त्र वैज्ञानिक समाजवाद, स्थापनाका लागि संघर्षको तयारी गरौं, आसन्न संघिय तथा प्रादेशिक निर्वाचन शसक्त रुपमा बहिस्कार गरौं भन्ने नारा सहित गत कार्तिक ४ गते देखि संयुक्त ४ राजनैतिक दलहरुद्वारा सशक्त रुपमा संचालन गर्दै आइरहेको शान्तीपुर्ण बहिस्कार कार्यक्रमलाई प्रहरी प्रशासनद्वारा धरपकड गरिरहेको प्रतिपनि आन्दोलनकारी दलहरुद्वारा भ्रत्सर्ना गरेका छन।