spot_img
spot_img
spot_img

ट्विटरले झण्डै ४ हजार कर्मचारीलाई कामबाट निकाल्यो, मस्कको चौतर्फी आलोचना

spot_img

१९ कात्तिक , एजेन्सी ।

सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकाल्नुभएको छ । अघिल्लो हप्ताा ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ र सञ्चालक समिति भंग गरेर सबै अधिकार आफ्नो हातमा लिनुभएको थियो । हिजो मात्रै उहाँले कम्पनीमा कार्यरत झण्डै ४ हजार जना कर्मचारीलाई जागिरबाट निकालेको बीबीसीले जनाएको छ । मस्कको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । तर ट्विटरले दैनिक ४ करोड डलर घाटा बेहोरिरहेकाले कर्मचारी कटौती गर्नु आफ्नो बाध्यता रहेको उहाँको दाबी छ ।

जागिरबाट निकालिएका सबै कर्मचारीलाई तीन महिनाको अतिरिक्त तलब दिइएको पनि उहाँले बताउनुभएको छ । कर्मचारी निकाल्ने निर्णयको श्रम अधिकारवादीहरुले चर्को विरोध गर्दै मस्कलाई क्रुर धनाढ्यको आरोप लगाएका छन् । जागिरबाट हटाइएका कर्मचारीले ट्विटरमा गुनासो र आक्रोस पोख्दा उनीहरुलाई अपरिचित व्यक्तिबाट धम्की आइरहेको र त्यो काम मस्ककै योजनामा भएको हुन सक्ने खबरमा उल्लेख छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img