spot_img
spot_img
spot_img

स्वतन्त्र भारतका पहिलो मतदाताको मृत्यु

spot_img

एजेन्सी । स्वतन्त्र भारतका पहिलो मतदाता श्यामशरण नेगीको आज बिहान निधन भएको छ । हिमाञ्चल प्रदेशको किन्नौरमा बस्ने नेगी १०५ वर्षका थिए। उनको मृत्युमा शोक व्यक्त गर्दै हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले ट्वीट गर्दै भनेका छन्, ‘स्वतन्त्र भारतका प्रथम मतदाता र किन्नौरका थिए, श्यामशरण नेगीजीको निधनको खबर सुनेर दुःखी छु। आफ्नो कर्तव्य निर्वाह गर्दै उनले नोभेम्बर २ मा ३४ औँ पटक हुने विधानसभा चुनावमा हुलाकबाट भोट हालेका थिए ।’
स्वतन्त्र भारतको पहिलो मतदाताको रूपमा परिचित नेगीलाई भारतीय लोकतन्त्रको जीवित किंवदन्ती पनि भनिन्छ। स्वतन्त्र भारतको पहिलो चुनावमा किन्नौरबाट उनले २५ अक्टोबर १९५१ मा मतदान गरेका थिए।
बीबीसीसँगको कुराकानीमा उनले एकपटक भनेका थिए, ‘अक्टोबर १९५१ मा मैले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको थिएँ, त्यसपछि मैले एउटा पनि चुनाव गुमाइनँ। मलाई मेरो भोटको महत्व थाहा छ । अहिले मेरो शरीरले पनि साथ दिएको छैन, तर आत्मबलले भोट हाल्न लागेको छु ।’ पेसाले शिक्षक श्यामशरण नेगीको जन्म सन् १९१७ जुलाई १ मा भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img