नेपाली मजदुर किसान पार्टीले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीमा प्रचार अभियानलाई तिब्रता दिएको छ ।
शनिबार बुटवल उपमहानगरपालिकाको वडा नं. ४, ५ र ११ का बिभिन्न स्थानहरुमा रुपन्देही क्षेत्र नं.२ बाट नेमकिपाका उम्मेदवार हरिसुन्दर वासीले पार्टीको घोषणा पत्र र उम्मेदवारको प्रतिबद्धतापत्र सहित घरदैलोमा मतदाताहरुसंग भेटघाट गर्नुभयो । बुटवलका मतदाताहरुबीच पुगी उम्मेदवार वासीले आफु देश र जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको बताउनु भयो ।
जनताको जिवनस्तरमा आमुल परिवर्तन ल्याउन पुँजीवादी राज्यव्यबस्थाबाट निर्देशित कानुन परिवर्तन गर्नका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाउनु भयो । देशघाती सम्झौता एमसीसी र नागरिकता बिधेयकका मतियारहरुलाई पराष्ट गर्न मादल चिन्हमा मतदान गरी देशभक्त नेपाल मजदुर किसान पार्टीलाई जिताउनु पर्नेमा जोड दिंदै उम्मेदवार वासीले देशको सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्न सबै नेपालीहरु एकजुट हुनुपर्छ भन्नुभयो ।
रुपन्देहीमा नेमकिपाको चुनावी प्रचार अभियान
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??