spot_img
spot_img
spot_img

गैडहवामा डेंगु रोग नियन्त्रणका लागि सचेतना र्याली

spot_img

नेपाल रेडक्रस सोसाइटी गैडहवा उपशाखाले गैडहवामा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं भन्ने सचेतनामुलक माइकिंग र्याली गरेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सहयोग तथा गैडहवा गाउपालिकाको समनवयमा उपशाखाले गैडहवाको शितलडाडा, मैनहिया, कञ्चनचोक, गुलहरिया, बिश्वरिया, पोहवा, लालपुर, लोण्डिहवा, मंगलपुर चोक, मिनमिनवा हुदै सूर्यपुरा बजारमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं जस्ता सचेचतनामुलक शन्देससहितको माइकिंग गरिएको उपशाखाका अध्यक्ष अध्यक्ष रमेश ठाकुरले जानकारी दिनु भएको छ।
लामखुट्टेको टोकाईबाट प्राणघातक डेंगु रोग लाग्ने भएकोले सो रोगको रोकथाम र नियन्त्रणका लागि लामखुट्टे बस्ने ढल, नाली, झाडी, पानी जम्मा भएको भाडांकुंडा लगायतको सफाई गर्न माइकिंग गरी गैडहवावासीलाई सचेतना गरिएको थियो।
उक्त सचेतना कार्यक्रममा गैडहवामा कृयाशिल बिभिन्न संघसंस्था, सामाजिक अभियान्ता, बिभिन्न पेशा व्यबसायी लगायतको समेत सहभागिता रहेको थियो। रोग लाग्नु भन्दा पहिले रोग लाग्ने श्रोतहरुको पहिचान गरि त्यसको रोकथाम र नियन्त्रण गर्नु पर्ने उपशाखाका अध्यक्ष ठाकुरले जानकारी दिनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img