प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका छन ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति नदिन आग्रह गर्दै विज्ञहरूलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन भनेका छन । कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले सञ्चार संस्थाको अनुगमन नगर्ने बताउदै आचारसंहिता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टीकरण सोधेको भए सच्याउने बताएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??