spot_img
spot_img
spot_img

नेमकिपाको चुनावी प्रचार अभियान भारतद्वारा अतिक्रमित सुस्ता क्षेत्रमा

spot_img

२० कार्तिक,सुस्ता
नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवादबाट अतिक्रमित भूमि सुस्ता क्षेत्रमा आइतवार चुनावी कार्यक्रम सम्पन्न गरेको छ । सुस्तामा भारतीय अतिक्रमणको विरूद्ध नेपाल मजदुर किसान पार्टीले २०२५ सालदेखि संघर्ष गरिरहेको छ । चुनाव प्रचार कार्यक्रममा सुस्ता पश्चिम नवलपरासी क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण गोविन्द खाइजुले नेमकिपाले स्थापना कालदेखि नै वैदेशिक हस्तक्षेप र अतिक्रमणको विरोध गर्दै आएको बताउॅदै देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन मादल चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो । नेमकिपाले निर्वाचनमा देशघाती एमसीसी र नागरिकता विधेयकको विरोधलाई मुल मुद्दा बनाएको चर्चा गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार खाइजुले देशद्रोही शासक दलहरूलाई निर्वाचनमा परास्त गर्नुपर्नेमा जोड दिनु भयो ।
सुस्ता बचाऊ अभियानका अभियन्ता गोपाल गुरूङले नेमकिपा देशभक्त पार्टी रहेको चर्चा गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छें र सचिव प्रेम सुवालसॅग भेटेको स्मरण गर्दै यदि यो देशमा देशभक्त पार्टी कोही छ भने नेमकिपा मात्र छ जसले देश र जनताको पक्षमा निरन्तर रुपमा सडक र सदनको मार्फत आवाज उठाउदै आएको प्रति गर्व रहेको बताउनु भयो । अभियन्ता गुरूङले नेमकिपाले सडक र सदनमा सुस्ता लगायत अन्य क्षेत्रहरुमा समेत आफ्नो देशको सीमा मिचिएको बारे आवाज उठाइरहदा सीमा अतिक्रमण बिरुद्धको आन्दोलनमा आफु एक्लो नभएको अनुभुति समेत गरेको स्मरण गर्दै नेमकिपाको चुनावी अभियानलाई समर्थन रहेको र निर्वाचनमा सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
अर्का अभियन्ता आदम खानले कॉग्रेस र एमालेका प्रधानमन्त्रीहरूले देशको रक्षा गर्न ध्यान नदिएको बताउॅदै शासक दलहरूलाई मत दिए पनि भारतीय शासक र प्रहरीबाट नेपाली जनता पीडित हुनु परिरहेको छ गुनासो गर्नु भयो। सुस्तावारीका पक्लिहवा, बेलानी, सरैनी लगायत गाउॅ तथा सुस्ताको थारूवस्ती र पहाडिया वस्तीहरूमा घरदैलो गरि।मतदाताहरु बिच पार्टीको घोषणापत्र र अपिल वितरण गर्दै देशको देशको रक्षा गर्न र राष्ट्रघाती एम सि सि सम्झौता बिरुद्ध मादलमा भोट हाल्न आग्रह गरिएको थियो। यसैक्रममा पश्चिम नबलपरासी क्षेत्र नं।१ को बर्दघाट नगरपालिकालो बर्दघाट बजार क्षेत्रमा पनि चुनाब प्रचार गर्दै पार्टीको घोषणा पत्र बितरण गरिएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img