भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताउन आग्रह गरेका छन् । सोमबार आज भैरहवामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दीपक बोहरा विकासको लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस् हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं । ’ राणाले दीपक बोहराको जित सुनिश्चित रहेको बताउँदै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरेका हुन । उनले भने, ‘दीपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न बाँकी छ, दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ । ’
राणाले रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरुले प्रतिनिधिसभा सदस्यमा हलोमा र प्रदेशमा छाता र सुर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभामा हलोमा, प्रदेशको ३ (१) मा छाता र ३ (२)मा सुर्यमा मतदान गर्ने हो । ’ उनले कांग्रेसको कारण देश संकटमा परेको आक्षेप लगाउदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्र्रिय नेतृत्वले दीपकको विजयीको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमान्दारितासँगै विजयीको सुनिश्चिता रहेको समेत बताए ।
भैरहवा आएर पशुपति राणाले भने, ‘दीपकलाई जिताएर पठाउनुस् हामी गृहमन्त्री बनाएर पठाउँछौं’
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??