spot_img
spot_img
spot_img

सामाजिक विकास र सुशासनको क्षेत्रमा विशेष काम गर्छु : बोहरा

spot_img

रुपन्देही । नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) को साझा उम्मेदवारको रुपमा रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले भौतिक विकासको सँगसँगै सामाजिक विकास र सुशासनको क्षेत्रमा पनि आफूले विशेष योजनाका साथ काम गर्ने बताएका छन् । तीनदलीय तालमेलको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बोहराले सामाजिक सुरक्षा तथा मानवीय विकासको क्षेत्रमा विशेष काम गर्ने बताए । उनका अनुसार ज्येष्ठ नागरिक, एकल महिला, अपांग, दलित र लोपोन्मुख समुदायको भत्ता पाँच हजार पु¥याई नागरिकको सम्मान गरिनेछ, यौनिक अल्पसंख्यक तथा फरक क्षमता भएका समूहको उच्च सम्मानको वातावरण मिलाइने छ।

त्यसै गरी प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने पनि बोहराले बताए । पुर्वमन्त्री बोहराले नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा विभेदरहित गराउन पहल गर्ने पनि बताए । उनले सुशासनको क्षेत्रमा विशेष काम गर्ने पनि बताए । आफुले जीवनपर्यन्त रुपन्देहीको समग्र विकासको लागि काम गरेको बताउने बोहराले आर्थिक भ्रष्टाचार, घुसखोरीको अन्त्य गर्दै आर्थिक सुशासन कायम गरिने बताए । तीनदलीय तालमेलको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य क्षेत्र (१) मा जसपाबाट महेन्द्र यादव र क्षेत्र नम्बर (२) मा एमालेबाट तुलसी प्रसाद चौधरी उम्मेदवार रहेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img