spot_img
spot_img
spot_img

रुपन्देही २ मा नेमकिपाको चुनावी प्रचार तिव्र

spot_img

बुटवल । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले रुपन्देही क्षेत्र नं. २ को बुटवल उपमहा नगरपालिका वडा नं. ७ र ८ का सुख्खानगर, दीपनगर, शिवनगर मिलनचोक लगायतका बिभन्नि सोमवार चुनाव प्रचार प्रसार गरेको छ। नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. २ मा उमेद्वार हरिसुन्दर बासीको नेतृत्वमा चुनाव प्रचार प्रसार अभियानलाई तिव्र बनाएको हो। चुनाव प्रचारको क्रममा स्थानीय मतदाताहरुका बिच वैदेशिक हस्तक्षेप र अतिक्रमणको विरोध गर्दै आएको बताउॅदै देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन मादल चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो । नेमकिपाले निर्वाचनमा देशघाती एमसीसी र नागरिकता विधेयकको विरोधलाई मुल मुद्दा बनाएको चर्चा गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार बासीले देशद्रोही शासक दलहरूलाई निर्वाचनमा परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी उमेद्वार बासीले संसदमा प्रखर प्रतिपक्षको भुमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्न र अमेरिकी साम्राज्यवादसंगको देशघाती एमसीसी सम्झौता, एसपीपी नामको सैनिक साझेदारी खारेज गराउन मादल चिन्हमा मतदान गर्न मतदाताहरु बिच आग्रह गर्न भयो। आफैले घोषणा गरेको बुटवललाई लुम्बिनी प्रदेशको राजधानी बनाउने प्रतिबद्धतालाई लाभको पदसंग सौदावाजी गरेर जनतालाई धोका दिने, आफ्नै थाकथलो बेचेर बालुवातारको जग्गा हडप्ने जनप्रतिनीधिलाई अव पराष्ट गर्न पनि मालमा मतदान गरेर नेपाल मजदुर किसान पार्टीका उमेद्वारलाई विजय बनाउन उमेद्वार बासीले आग्रह गर्नुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img