spot_img
spot_img
spot_img

धनञ्जय चन्द्रचूड बने भारतका ५० औं प्रधानन्यायाधीश

spot_img

एजेन्सी । धनञ्जय यशवंत चन्द्रचुड बुधबार भारतको ५० औँ प्रधानन्यायाधीश बनेका छन् । उनले युयु ललितलाई पदस्थापित गर्दैछन् । राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई दिल्लीको राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराइन् ।
अक्टोबर ११ मा ललित आफैले चन्द्रचूडलाई उत्तराधिकारीका रूपमा सिफारिस गरेका थिए । केन्द्रीय कानुन मन्त्री किरेन रिजिजुले अक्टोबर १७ मा उनको नियुक्तिको घोषणा गरेका थिए । नोभेम्बर २ मा सर्वोच्च अदालतले उनको शपथ रोक लगाउन माग गर्दै परेको याचिका खारेज गरेपछि उनको नियुक्ति पक्का बनेको थियो । चन्द्रचून्द सन् २०२४ नोभेम्बर १० सम्म दुई वर्षको लागि पदमा रहनेछन् । बुधवार शपथ समारोहपछि चन्द्रचूडले आफ्नो प्राथमिकता राष्ट्र सेवा गर्नु रहेको बताएको एनडीटीभीले लेखेको छ ।
साढे दुई वर्षसम्म इलाहाबाद उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा सेवा गरेपछि चन्द्रचूडलाई मे १३, २०१६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको थियो । भारतका पूर्व प्रधानन्यायाधीश वाईवी चन्द्रचुडका छोरा, धनञ्जय वाई चन्द्रचुडलाई जुन १९९८ मा बम्बई उच्च अदालतले वरिष्ठ अधिवक्ताको रूपमा नियुक्त गरेको थियो । मार्च २००० मा उनी उच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए । भारतमा बाबु–छोरा नै देशको प्रधानन्यायाधीश बनेको यो पहिलो घटना हो । पिता वाईभी चन्द्रचूड सन् १९७८ देखि १९८५ सम्म भारतमा सबैभन्दा लामो समयसम्म प्रधानन्यायाधीश रहेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img