spot_img
spot_img
spot_img

रुपन्देहीमा जनमुक्तिको घरदैलो तीव्र रुपमा अघि बढ्दै

spot_img

-मनजीत चौधरी

देवदह । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं १९१० ले देवदहको टोलटोलमा चुनावी घरदैलो अभियानलाई तीव्रता दिएको छ । बुधबार देवदहको वडा नं ६ र ९ मा पार्टीले घरदैलो अभियान सम्पन्न गरेको हो । मतदाताहरुलाई भेट्दै पार्टीका रुपन्देही जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार प्रेमबहादुर थापाले जनमुक्ति पार्टी बाहेक अन्य पार्टीसंग कुनै ठोस भिजन र सिद्धान्त नभएको आरोप लगाउनुभयो ।
उहाँले अन्य पार्टीले गठबन्धनको नाटक रचेर आफ्नो स्वार्थ पुरा गर्ने दाउमा हिँडेको आरोप लगाउँदै देशकै सच्चा र इमान्दार पार्टी जनमुक्ति नै रहेको दाबी गर्नुभयो ।

भ्रष्टाचारले गर्दा जनताहरु गरिबीमा बाँच्नुपरेको आरोप लगाउँदै उम्मेदवार थापाले जनमुक्तिले भ्रष्टाचारीलाई जरैबाट उखालेर फाल्ने संकल्प लिएको प्रष्ट पार्नुभयो । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी घरदैलो अभियान तीव्र पारिएको प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार लिलमाया रानाले बताउनुभयो । चुनाव नजिकिँदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो चुनावी घरदैलो एवं जनता जागौं अभियानलाई तीव्रता दिएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img