spot_img
spot_img
spot_img

न्युयोर्क राज्यसभामा लगातार १३ पटक जितेका प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली मूलकी श्रेष्ठ विजयी

spot_img

एजेन्सी । अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी भएकी छिन्।
रिपब्लिकनका उम्मेदवार केभिन चहिललाई पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ। उनले ७ हजार ७ सय २ मत प्राप्त गरेकी छिन्। १३ पटकसम्म त्यहाँ विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मत पछि परेका हुन्। काठमाडौँमा जन्मिएकी श्रेष्ठ सन् २००१ मा ग्राफिक्स डिजाइन पढ्नका निम्ति न्युयोर्क पुगेकी थिइन्। उनले सन् २०१९ मा अमेरिकी नागरिकता पाएकी थिइन्। उनी जलवायु परिवर्तनबारे वकालत गर्ने अधिकारकर्मी समेत हुन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img