रवि राना
शुद्धोधन । रुपन्देहीको शुद्धोधन ४ को मानपकडीमा गत कार्तिक २१ गते देखि सञ्चालन भएको दर्वाङ्ग मेलामा बिहिवार निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ। रोट्रयाक क्लव अफ तिलोत्तोमा शुद्धोधन , नेपाल रेडक्रस सोसाइटी शुद्धोधन उपशाखा र जेसिआई शुद्धोधनको संयुक्त सहकार्यमा उक्त सेवा दिइएको हो निशुल्क स्वास्थ्य उपचार सेवामा १ सय ५० जना सेवाग्राहीहरुले निशुल्क सुगर परिक्षण सेवा लिएका थिए। शुद्धोधन दर्वाङ्ग मेला गत कार्तिक २१ गते देखि २५ गते सम्म संचालन भइरहेको छ । मेला अवलोकन गर्न आउने दर्शकहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सहयोगी संस्थाहरुको सहकार्यमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको मेला व्यबस्थापन समितिका अध्यक्ष प्रकाश थारुले जानकारी दिएका छन ।
मेला अवलोकनका रुपन्देही कपिलबस्तु, नवलपरासी र भारतका सिद्धार्थनगर, भगवानपुर कर्कहवा, थोथरी लगायतका स्थानहरुबाट मेला अवलोकन आइरहेका छन। मेलामा राष्ट्रिय कलाकारहरु अञ्जु कुस्मी,अनु चौधरी टिकटक स्टार प्रिति पासवान लगायतले सांगेतिक प्रस्तुति दिइरहेका छन।
शुद्धोधनको दर्वाङ्ग मेलामा निशुल्क स्वास्थ्य उपचार सेवा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??