कञ्चन । रुपन्देहीको कञ्चन १ मा सि लेवलको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मकालु स्वास्थ्य उपचार केन्द्र प्रालि द्वारा आयोजित दोस्रो खुल्ला ब्याटमिन्टन प्रतियोगिता कार्यक्रममा देउपार स्पोर्ट्स क्लब, सैनामैनाका सुनिल गुरुङ र बल बहादुर राना प्रथम भएका छन। यस्तै कञ्चन १ बेलभरियाका अर्जुन चौधरी र विक्रम गौतमको समूह दोश्रो हुन सफल भएका छन भने फर्साटिकर का मेख बहादुर छेत्री र दिप्सन थापा तथा लक्षमन गिरी र आकाश कुवँर अन्तिम ४ मा पुग्न सफल भएका छन। प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा विजेता टिमहरुलाई सम्मान तथा पुरस्कार दिदै सत्ता पक्षिय ठबन्धनका साझा उमेद्वार भरत कुमार शाहले आफुले चुनाव जितेमा खेलकुदको बिकासको लागि आवस्यक योजना सहितको बजेट व्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। खेलकुद बिना समृद्धिको कल्पना गर्न नसकिने भएकोले खेलकुदको बिकास र खेलाडीहरुका लागि सम्मानजनक योजना ल्याउने बताउनु भएको थियो।
यसैगरी कञ्चन गाउपालिका अध्यक्ष नवराज ढकालले कञ्चनको खेलकुदको बिकासमा व्याडमिण्टन खेलले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकोले खेलकुद बिकासका लागि कञ्चनमा पुर्वाधार निर्माणका कार्यहरु अगाडी बढ्दै गइरहेको बताउनु भयो। कार्यक्रममा वडा नं. १ का वडा अधयक्ष हरिनारायण थारु, वडा नं. २ वडा अध्यक्ष टेक बहादुर गुरुङ, खेलकुद बिकास समिति रुपन्देहीका सदस्य राधिका चौधरी, रुपन्देही भलिवल संघका उपाध्यक्ष राम बहादुर थापा, सैनामैना कवर्डहलका संचालक सुनिल गुरुङ्ग, फर्साटिकर कवर्डहलका संचालक नन्दु चौधरी, अरबिन चन्द्र आचार्य , समजसेवी दुर्गा दगामी ,चन्द्र बहादुर राना लगायतको उपस्थिती रहको प्रतियोगिता अक्सफोर्ड मोर्डन बोर्डिङ्ग स्कुल, कञ्चन १ गजेडीमा सम्पन्न भएको थियो।
मकालु स्वास्थ्य उपचार प्रा.लि.का सहायक चिकित्सक जुनु थापाले स्वागत गर्दै ब्याडमिन्टन खेल राष्ट्रिय स्तरमानै धेरै संभावना बोकेको खेल भएको र स्वास्थ्यका हिसाबले पनि निकै फाइदा पुग्ने खेल भएको भन्दै प्रतिनीनिधी सभा सदस्य पदका उमेद्वार भरत कुमार शाहलाई कन्चनको खेलकुदको बिकासका लागि कबर्डहलको व्यबस्था गर्नु आग्रह गर्नु भएको थियो।सहायक चिकित्सक थापाले आफू एक स्वास्थ्यकर्मी भएको नाताले स्वास्थ्य क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाइ पनि समाधान गर्न आवस्यक रहेको समेत बताउनु भयो। कन्चनबासीहरुले छोटो समयमै स्वास्थ्य सेवाको पहुंच पुर्याउन कञ्चनमा भएका अव्यवस्थित सडकहरुको व्यबस्थित रुपमा बिस्तार गरी कालोपत्रेमा बिशेष ध्यान दिन आवस्यक रहेको समेत चिकित्स थापाले उमेद्वार शाहलाई ध्यानाकर्षित गराउनुभएको थियो।
मकालु स्वास्थ्य उपचार प्रा.लि.का प्रबन्धक राजु थापाको अध्यक्षतामा संचालन भएको प्रतियोगितामा व्याडमिण्टन खेलाडीहरु मेख बहादुर छेत्री र सन्तोष फौजाले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो भने चित्र तुलाचन र अर्जुन चौधरीले प्रतियोगितको सहजिकरण गर्नु भएको थियो। प्रतियोगिताका विजेता टिमले नगद १० हजार रुपैया सहित मेडल र शिल्ड प्राप्त गरेका थिए भने उपविजेता टिमले नगद ५ हजार सहित मेडल र शिल्ड प्राप्त गर्न सफल भएका थिए। यस्तै अन्तिम ४ मा पुग्न सफल दुई टिमल् जनही नगद २ हजार ५ सय रुपैया सहित मायाको चिनो र प्रमाणपत्र तथा मेडलप्राप्त गरेका थिए। मकालु स्वास्थ्य उपचार प्रा.लि. बुटवलको नेपालगञ्ज रोडको शाह पेट्रोलपम्प नजिकै रहेकोछ भने हरेक बर्ष मकालुले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर संचालन गरी असायह, जेष्ठ नागरिक तथा बालबालिकाहरुहरुलाई निशुल्क सेवा तथा औषधी उपलब्ध गराउदै आएको छ। कोरोना माहामारीको समयममा पनि मकालु स्वास्थ्य उपचार प्रा.लि.ले रोगप्रतिरोधात्मक औषधीहरु निशुल्क रुपमा वितरण गरी कोरोना संक्रमणलाई नियन्त्रण गर्नमा महत्वपुर्ण भुमिका खेलेको थिाये। प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा अनमोल परिवारलाई सम्मान गरिएको थियो।