-प्रकाश गौतम
देवदह
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले आफुले जितेपछि सगै सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता हुने दाबि गर्नु भएको छ ।एमाले,राप्रपा र जसपाका रुपन्देही क्षेत्र न १ का उम्मेद्धार समेत रहेका बिस्वकर्माले एमाले सरकारमा हुदा सुकुम्बासी आयोगले धेरैकाम गरेको भएपनी बर्तमान सरकारले काम अघि बढाउन नसकेको भन्दै चुनाव पछी सुकुम्बासी समस्या समाधान हुने दाबि गर्नुभयो । उहाँले आफु ससंद हुदा रुपन्देही १ मा धेरै काम अगाडि बढेको भन्दै जनताका हरेक काममा एमाले ,राप्रपा र जसपा सरकार बनेपछी थप विकासको अनुभती हुने बताउनुभयो ।
देवदह ५ को घरदैलो कार्यक्रममा एमाले,राप्रपा र जसपाका प्रदेश उम्मेद्धार आशिस चौधरीले राजनितिमा आफु नयां भयपनी जनताको आदेश अनुसार काम गर्ने स्पस्ट पार्नुभयो। उहाँले आफु निबार्चित भए सगैं रुपन्देही क्षेत्र न १ क को बिकासका लागी जनता सगं सल्लाह गरेरै अगाडि बढने बताउनु भएको थियो। घरदैलो कार्यक्रममा स्थानीयले आफुहरुलाई भोट दिने तर त्यसका लागी जनता सगं सहकार्य गर्नु पर्ने बताएको दुबै उम्मेद्धारहरुले बताएका छन ।
आफ्नो जितसगै सुकुम्बासी समस्या समाधान हुने छविलाल विश्वकर्माको भनाई
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??