spot_img
spot_img
spot_img

कञ्चनमा नमुना मतदान सम्पन्न

spot_img

दीपक/सुमन जैसवाल 

आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनमा नमुना मतदान गरिएको छ। निर्वाचन आयोगको मतदाता शिक्षा अन्तर्गत मंसिर ४ गते मतपत्र धेरै बदर नहोस भन्ने उद्धेश्यका साथ मतदान स्थलमा नमुना मतदान गरिएको हो। रुपन्देहीको कञ्चन मा रहेको ६ वटा मतदान स्थल रहेका छन। उक्त मतदान स्थलमधये कञ्चन १ को प्रगति नमुना माध्यमिक बिद्यालयमा नमुना मतदान कार्य गरिएको हो । उक्त नमुना मतदानामा कुल खसेको मतमा २ प्रतिशत मात्रै बदर भएको छ।
नमुना मतदानमा कञ्चन गाउँपालिला अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी, विभिन्न शखाका प्रमुख लगायत कञ्चन गाउपालिकाका कर्मचारी, जिल्ला निर्वाचन कार्यलय रुपन्देहीका कर्मचारी तथा स्थानीयहरुको समेत सहभागितारहेको थियोे । यस पटकको चुनावमा मतदाताहरुले रातो र कालोगरी दुई रंगको ४ वटा मतपत्र पाउने छन। पहिलो मतपत्र प्रतिनीधि सभा सदस्य छनौट गर्ने रातो मत पत्रमा मत हाल्ने छन भने त्यसपछि प्रतिनीधि सभा सदस्यकै लागि समानुपातिक तर्फको कालो मतपत्र पाउने छन।

उक्त कालो मतपत्रमा मतदाताहरुले दलको छनौट गरी मनपरेको दलको चुनाव चिन्हमा मतदान गर्ने छन।
यसैगरी सोही स्थानबाटै प्रदेश सभा सदस्य तर्फको उमेद्वारलाई छनौट गर्न प्रदेश सभाको प्रत्यक्ष तर्फको रातो मतपत्र पाउने छन। उक्त मतपत्रमा मतदान गरिसकेपछि प्रदेश सभाका लागि समानुपातिक तर्फको कालो मतपत्र प्राप्त गर्ने छन। उक्त कालो मतपत्रमा पनि प्रदेश सभा सदस्य छनौट गर्न आफुलाई मनपर्ने राजनैतिक दलको चुनाव चिन्हमा मतदान गर्नुपर्ने छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img