spot_img
spot_img
spot_img

सीमा नाका बेलहियामा सुरक्षा चेकजांचमा कडाई

spot_img

भैरहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा आवश्यक तयारी गरिएको छ । निर्वाचनको मिति नजिकिएसंगै नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा चेकजांचलाई कडा बनाईनुका साथै सिमावर्ती क्षेत्रमा डग स्निफिङ (कुकुरको सहायता) सहितको शुरक्षा चेकजाँचलाई प्रभावकारी रुपमा अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।

छिमेकी मुलुक भारतबाट हातहतियार, बिस्फोटक पदार्थ, लागुऔषध तथा अबैधबस्तु भित्रन सक्ने भन्दै प्रहरीले चेकजाँचलाई कडा बनाएको हो । अर्यालले निर्वाचन केन्द्रित शुरक्षा चेकजाँचलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने र यसालाई निर्वाचन अबधिभर जारी राख्ने जानकारी गराएका छन । यस्तै नेपाल भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बोर्डर बन्द गर्ने निर्णय समेत गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img