spot_img
spot_img
spot_img

कानमा इयरबड अड्किएको पाँच वर्षसम्म थाहा नपाएपछि…..

spot_img

एजेन्सी । इङल्याण्डका विलिस लीको कानमा पछिल्लो पाँच वर्षदेखि इयरबड अड्किएको थियो । अहिले त्यो बाहिर निकालेपछि उनले राहत महसुस गरेका छन् । विलिस ली, रोयल नेवीमा सेवा गर्छन् । पाँच वर्षअघि विलिस आफ्नो परिवारलाई भेट्न अष्ट्रेलिया जाँदै थिए । हवाई यात्राको क्रममा उनले हवाईजहाजको कोलाहलबाट बच्न कानमा इयरबड राखे र यात्रापछि निकाल्न बिर्से।
तर एकाएक उनको श्रवण शक्ति कमजोर हुँदै गयो । उनलाई लाग्यो – लामो समयसम्म उड्डयन उद्योगमा काम गरेकाले आफूले राम्रोसँग सुन्न नसकेको हो कि ?
एकपटक उनलाई यो पनि लाग्यो कि युवावस्थामा रग्बी खेल्दा कानमा चोट लागेका कारण पो कान सन्न छोडेको पो हो कि ? समस्या अलि धेरै नै बढेपछि उनले एकदिन एन्डोस्कोपी किट किने र घरमा नै आफ्नो कानको परीक्षण गरे । त्यतिबेला उनले कुनै सेतो चिज उनको कानमा फसिरहेको भेटे । त्यसपछि उनले डाक्टरलाई सम्पर्क गरे र यसलाई निकाले ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img