spot_img
spot_img
spot_img

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि……

spot_img

एजेन्सी । अहिले सामाजिक सञ्जालमा भारतीय कांग्रेस पार्टीको ुभारत जोडोु यात्राको एक क्लिप भाइरल भइरहेको छ । क्लिपमा कांग्रेस पार्टीका नेता राहुल गान्धीले राष्ट्रिय गान बजाउनका लागि भन्नुहुन्छ तर त्यही समयमा नेपालको राष्ट्रिय गान बज्न थाल्छ। यही विषयलाई लिएर अहिले गान्धीलाई सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी)का नेताहरूले आलोचना गरिरहेका छन् ।
यो घटना हिजो बुधवारको हो । भिडियोमा राहुल गान्धीले माइकमा बोल्दै राष्ट्रिय गान बजाउन अनुरोध गरेको देख्न सकिन्छ । त्यसपछि मञ्चमा रहेका पार्टीका नेता उभिन्छन् । त्यति नै बेला भारतको राष्ट्रिय गानको साटो नेपालको राष्ट्रिय गान बज्न थाल्छ। मञ्चमा रहेका मानिसले केही सेकेन्डपछि मात्रै आफ्नो राष्ट्रिय गान बज्नुपर्नेमा नेपालको राष्ट्रिय गान बजेको थाहा पाउँछन् ।
त्यसको केही समयपछि भने राष्ट्रिय गान बज्न थाल्छ । यस भिडियोलाई लिएर बीजेपीका आन्ध्र प्रदेश इकाका सचिव रमेश नायडूले ट्वीट गर्दै भनेका छन, ‘डियर राहुल गान्धी, तपाईंको कांग्रेस पार्टीलाई हाम्रो देशको राष्ट्रिय गान के हो भन्ने पनि थाहा नभएको लाग्यो ।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img