प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुर्खेतमा झन्डै ६० प्रतिशत मत खसेको छ । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा जम्मा ६० प्रतिशत मत खसेको हो । क्षेत्र नं १ मा एउटा मतदान स्थलमा मतदान रोकिएका हुँदा त्यस क्षेत्रमा मतदान भइसके पछि मात्रै मतगणना हुने छ भने क्षेत्र नं २ मा मतपेटिका सङ्कलन भइसकेपछि मतगणना गर्ने तयारी गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??