spot_img
spot_img
spot_img

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, सयौँ घाइते

spot_img

एजेन्सी । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । पश्चिमी जाभाका गभर्नर रिद्वान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । सघन जनसंख्या भएको क्षेत्रमा भूकम्प गएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।​ युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ६ मापन गरिएको छ । भुकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको समाचारमा जनाइएको छ ।

ठूलो संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा ठाउँको अभाव भइरहेको छ भने धेरैलाई बाहिर राखेर पनि उपचार गरिएको छ । भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले उद्धारकर्मी राति पनि उद्धारमा खटिएका छन् । भूकम्प गएको क्षेत्र पहिरो प्रभावित क्षेत्र भएको र घरको गुणस्तर पनि कमजोर रहेको अधिकारीहरुले बताएका छन् । भुकम्पको धक्काले यी घरहरू भग्नावशेषमा परिणत भएका हुनुपर्छ ।
‘घाइतेमध्ये अधिकांशको हात–खुट्टा भाँचिएको छ’

गभर्नर रिद्वान कामिललेभूकम्पबाट प्रभावित केही क्षेत्र पहिरोका कारण सम्पर्कविच्छेद भएको र ठूलो संख्यामा मानिसहरु भग्नावशेषमा पुरिएको हुन सक्ने बताए । यसअघि सियानजुर सहर प्रशासनका प्रमुख हर्मन सुहरमानले भवनको भग्नावशेषबाट बाहिर निकालिएका अधिकांश घाइतेको हात–खुट्टा भाँचिएको बताएका थिए । हर्मन सुहरमानले एएफपी समाचार एजेन्सीलाई भने, ‘गाउँबाट अस्पतालमा एम्बुलेन्सहरू निरन्तर आइरहेका छन् । गाउँमा अझै धेरै परिवारहरू फसेका छन् ।’

राष्ट्रिय प्रकोप न्युनीकरण एजेन्सीले सियानजुर सहरका दर्जनौँ भवनहरू ध्वस्त भएको बताएको छ । यसमा एक अस्पताल र मदरसा होस्टल पनि समावेश छ। सियानजुर सहरबाट १०० किलोमिटर टाढा रहेको जकार्ता सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । सावधानीका रूपमा जकार्ताका अग्लो भवनहरूबाट मानिसहरूलाई बाहिर निकालिएको थियो । स्थानीय समय अनुसार दिउँसो १ः२१ बजे भूकम्प गएको प्रकोप उद्धार एजेन्सीले जनाएको छ । त्यतिबेला कार्यालयमा काम गर्ने मानिसहरु बाहिर निस्केका थिए । आफ्नो कार्यालयबाट बाहिर आएकी एक वकिल मायादिता वालुयोले एएफपी समाचार एजेन्सीलाई भनिन्, ‘म काम गरिरहेको बेला मेरो खुट्टामुनि जमिन सरेको महसुस भयो । मैले केही गर्ने प्रयास गरिन, तर भूकम्पको झट्का लगातार बलियो हुँदै गयो र केही बेरका लागि गइरह्यो । ’
अहमद रिदवान नामका एक कर्मचारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘हामीलाई जकार्तामा भूकम्प जाने बानी परेको छ, तर यसपटक मानिसहरु निकै नर्भस भएका थिए । त्यसैले हामी त्रसित भयौँ ।’ इन्डोनेसियामा भूकम्प आउनु सामान्य घटनाको रुपमा लिइन्छ । प्रशान्त क्षेत्रको भौगोलिक गतिविधिका हिसाबले यो देश ‘रिङ अफ फायर’ भन्दा माथि छ । सन् २०१८ मा इन्डोनेसियामा भूकम्प र सुनामीका कारण दुई हजारभन्दा बढीको ज्यान गएको थियो ।

-बीबीसी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img