जुम्लामा प्रतिनिधि सभाको मतगणना चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले दोब्बर बढी मतको अग्रताले अघि बढिरहेका छन। १३ हजार १ सय २७ मत गन्दा ज्ञानेन्द्र शाहीले ६ हजार ९ सय ५७ मत ल्याएर अग्रता कायम राखेका हुन । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ३ हजार १ सय ९४ मत प्राप्त गरेकी छिन । शाही र कुँवरबीच मतको अन्तर ३ हजार ७ सय ६३ रहेको छ। यसैगरी नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले १ हजार ६ सय ८८ र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ६ सय मत ल्याएका छन ।
जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता रहेकोमा ४५ हजार ४ सय ४८ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ । अब ३२ हजार ३ सय २१ म्त गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर बढी मतले अघि
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??