गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय सहमति नजुट्दा आज साँझबाट हुने भनिएको मत गणना सुरु हुदै रोकिएको छ । साँझ बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि भोलि पुन बैठक बसेर सहमति जुटाएर मत गणना सुरु गर्ने तयारी भएको छ । गुल्मीमा मंसिर ४ मा रोकिएको अर्वेनी मतदान केन्द्रको आज पुन मतदान गरिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??