जुम्ला क्षेत्र नम्बर १ को प्रदेश सभा ९क ० मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार शाही ९ हजार ६ सय ५४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णालीका सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत पाउनुभएको छ । उहाँहरूबीच १ हजार ८ सय ९९ को मतान्तर रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??