रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी भएको छ। २८ हजार मत ल्याएर उनी बिजयी भएका हुन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरेका छन । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले दुई हजार छ सय २३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले एक हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी चार सय ६५, राष्ट्रिय जनमुक्ति पार्टीले एक सय ९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??