समानुपातिक प्रणालीतर्फ अहिलेसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत सम्पन्न भएको मतगणनाको विवरण आउने क्रम जारी रहदा अहिलेसम्म ८० प्रतिशत मतगणना सकिएको हो । निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने काम भईरहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ ।
हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आकलन गरिएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।
समानुपातिक तर्फ ८० प्रतिशत मतगणना सम्पन्न
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??