बुटवलमा एक दिने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरी रजत जयन्ती महोत्सवको अवसरमा देवीनगर सेवा केन्द्रमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. महेश्वर ह्योंजूको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको हो । आजको यस स्वास्थ्य परीक्षण कार्यक्रममा ९० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
कार्यक्रम लुम्बिनी साकोसको अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, तथा प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यता र व्यवस्थापक विनोद प्रताप ज.ब.रा.को सञ्चालनमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो।
बुटवलमा एक दिने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
3.4K
245
94