सरकारले काठमाण्डौ उपत्यकामा रात्रिकालीन व्यापार, व्यवसाय र मनोरञ्जनको क्षेत्र सञ्चालनमा नयाँ निम लागु गरेको छ, जसले पसल र मनोरञ्जनका व्यवसाय सञ्चालन गर्नेलाई फाईदा पुर्याउने छ । अबको नयाँ नियमअनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघि १० बजे नै काठमाण्डौमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाण्डौ जिल्ला सुरक्षा समितिले अहिले समय बढाएको हो ।
यस्तै डान्स, दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने जारी सूचनामा उल्लेख गरिएको छ ।
रेस्टुरेन्ट राति १२ बजेसम्म र डिस्को बिहान ४ बजेसम्म खोल्न पाइने
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
3.1K
177
322