धनगढीमा निषेधाज्ञा जारी गरिएको छ। बुधबार बिहान १० बजेतिर धनगढी उपहानगरपालिका–४ हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले च्यापेर कक्षा ८ मा पढ्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्यु भएपछि धनगढी बजारमा प्रदर्शन भएको थियो। चालकको लापरबाहीका कारण चेतनाको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीयले विरोध समेत जनाएपछि अवस्था तनावग्रस्त हुदा थप अराजक गतिविधि हुनबाट रोक्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जारीआदेशमा बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन । ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। आफन्तको सहमतिबिना घटनास्थलबाट उठाएर अस्पताल ल्याएको भन्दै स्थानीयहरूले सेती प्रादेशिक अस्पतालमा प्रदर्शन गरिरहेका छन्।
धनगढीमा निषेधाज्ञा जारी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
4.3K
213
547