धनुषामा घरेलु हतियार प्रयोग गरि एक जनाको हत्या गरिएको छ भने अन्य चार जना घाइते भएका छन । मिथिला बिहारी नगरपालिका ४ रमौलका ५३ वर्षीय प्रभु यादवको घरेलु हतियार प्रयोग गरि हत्या भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताएका छन ।
हिजो बिहीवार राति स्थानीय सुरज यादवसहितको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै उनको ज्यान गएको परिवारको भनाई छ। घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेका हुन । झन्डै दुई महिनाअघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरूको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गए रातिको आक्रमण त्यही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।
धनुषामा घरेलु हतियार प्रयोग गरि १ जनाको हत्या
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
1.9K
239
292