spot_img
spot_img
spot_img

चीनका केही शहरमा कोभिड मापदण्ड र लकडाउन खुकुलो

spot_img

चीनमा ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको छ ।
लकडाउन हटाइएका केही क्षेत्रहरूमा भने कोरोना संक्रमण बढीरहेको चिनियाँ अधिकारीहरूले बताएका हुन् । नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक गतिविधि ठप्प पारेको भन्दै आन्दोलन चर्किएपछि चिनियाँ उपप्रधानमन्त्री सन चनलानले देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको बताउनुभएको छ ।
गत साता चीनको पश्चिमी उरूम्ची क्षेत्रमा लकडाउनकाबीचमा एक अपार्टमेण्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चर्किएको प्रदर्शन चीनका अन्य शहरहरूमा समेत फैलिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
3.2K
खुसी
212
हासो
377
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img