spot_img
spot_img
spot_img

न्यूयोर्क र सिङ्गापुर विश्वको सबैभन्दा महँगा सहर

spot_img

एजेन्सी । न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ईआईयूको सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ । दोस्रो स्थानमा सिङ्गापुर सहर रहेको छ । कस्ट अफ लिभिङ अर्थात् जीविका मूल्य सूचांकका आधारमा यो सर्वेक्षण गरिएको हो । त्यस्तो सूचीमा न्यूयोर्क पहिलो पटक सबैभन्दा माथि आएको हो । गएको वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ । त्यसपछि हङकङ, लस एन्जलस, जुरिक, जेनेभा, सान–फ्रान्सिस्को, पेरिस, सिड्नी र कोपेनहेगन रहेका छन् ।
ईआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ ।
रुस–युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिड महामारीले पारेको असर त्यसका मुख्य कारण ठानिएका छन् । ईआईयूले दुई सय भन्दा धेरै वस्तु तथा सेवाका चार सय भन्दा धेरै मूल्यलाई विश्वभरका १ सय ७२ सहरमा राखेर तुलना गरेको थियो । सूची अनुसार सबैभन्दा कम महँगा सहरहरुमा कोलम्बो, चेन्नई, अहमदावाद, कराची, तेहरान, ट्रिपोली, दमास्कसलगायत रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.8K
खुसी
245
हासो
148
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img