spot_img
spot_img
spot_img

कपिलवस्तुस्थित कैलाश आश्रम धाममा जारी महायज्ञमा भक्तजनको घुईचो

spot_img

कपिलवस्तुको वाणगंगा २ नन्दनगरस्थित कैलाश आश्रम धाममा महायज्ञ जारी छ। मंसिर ११ गतेदेखि वाणगंगा २ नन्दनगरस्थित कैलाश आश्रम धाममा सुरु भएको श्रीमद्भागवत महापुराण कथा प्रवचन, श्री वराहपुराण अनुष्ठान तथा २८ औँ धनधान्याचल ज्ञान महायज्ञ (भोली) सोमबारसम्म चल्नेछ । महायज्ञमा आइतबारसम्म हजारौँ भक्तजनले दर्शन गरेका छन् भने दान गर्नेहरुको भीड लागेकोमूल समिति संयोजक देवीप्रसाद घिमिरेले जानकारि दिनुभएको छ। महायज्ञमा प्रमुख वाचक रहनुभएका पण्डित दीपक सापकोटाले हरेक दिन संगितमय कथा वाचन गरिरहनुभएको छ ।

महायज्ञमा कैलाश आश्रमका संरक्षक ब्रहम्निष्ट सन्त शिरोमणी १००५ स्वामी लोकानन्द महाराजको सानिध्यतामा हरेक साँझ हुने महाआरतीमा संकल्प गर्नुका साथै राष्ट्रिय कलाकारबाट संगितमय भजन पनि प्रस्तुत गरिदै आईएको छ । कैलाश आश्रम धाम गुरुकुलमा अहिले १ सय बढी विद्यार्थीले संस्कृत शिक्षा पनि पढ्दै आएका छन ।
गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद पोख्रेलले विश्व विद्यालयसम्मको परिकल्पनाका साथ अघि बढिरहेको गुरुकुलमा अहिले कक्षा ११ पनी संचालन भइरहेको जनाउदै अहिले एकदिनमा १ सय २० भन्दा बढीको लागि दैनिक भण्डारा संचालन गर्नुपर्ने स्थिति रहेको बताउनुभयो । त्यसको लागि दैनिक १५ हजारभन्दा बढी खर्च आउने र त्यही खर्च जुटाउनको लागि हरेक बर्ष महायज्ञ संचालन भइरहेको पोख्रेलको भनाई छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.4K
खुसी
240
हासो
469
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img