बुटवल कालिका क्याम्पसमा नवौं वार्षिकोत्सब सुरु भएको छ । वार्षिकोत्सबको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले क्याम्पसको समग्र विकासको लागि नगरपालिका तयार रहेको बताएका छन । कलेज स्थापना कालका भोगाइ र क्याम्पसको सर्वाङ्गिण विकासमा आगामी योजनाबारे बताउँदै क्याम्पस प्रमुख घनश्याम पाठकले विभिन्न व्यक्ति, संस्था र राज्यको सहयोग, समर्थनबाट अत्याधुनिक भवनसंगै कक्षाकोठा, फर्निचर, प्रयोगशाला अलवा शैक्षिक नतिजामा राष्ट्रिय मै अब्बल बनाउन सफल भएको बताएका हुन ।
पाठकले विद्यार्थी तथा प्राध्यापकको मेहनत र लगनशीलता, अभिभावको विश्वास र राज्यको साथका कारण विविएस, विविए, विएड गरि ३ विषयमा अध्ययन गराइने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्छो कलेज हुँदाहुँदै पनि विभिन्न समयमा देशमै प्रथम भएको बताए । कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्जुनमान सैजुले बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको बताए ।
क्याम्पस संस्थापक अध्यक्ष हेम बहादुर गलामीले स्थापनाकालका क्षणहरू स्मरण गर्दै दिनप्रतिदिन क्याम्पस उन्नतिको पथमा लम्किएको देख्दा खुसी लाग्ने उल्लेख गरे । वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुदहरु सम्पन्न भएका छन् । आइतबारबाट सुरु भएको वार्षिकोत्सब मंसिर २४ गतेसम्म चल्नेछ । ३५ जना विद्यार्थीबाट शुरु भएकोमा क्याम्पसमा हाल २८ सय ३८ विद्यार्थी अध्ययनरत छन् ।
बुटवल कालिका क्याम्पसमा वार्षिकोत्सव सुरु
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
650
197
568