कञ्चन जेसिज बर्ष २०२२ को जेसिज सप्ताह अन्तर्गत दोश्रो दिन साइवर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ। उक्त तालिममा मानव सभ्याता विकासको क्रम र मानव सभ्यताको बिकाससंगै बिकसित आधुनिक युगमा देखिएको सामाजिक सञ्जाल, साइवर अपराध र तयसको न्युनिकरणबारे प्रशिक्षण दिइएको थियो। कञ्चन गाउपालिका र कञ्चन जेसिजको संयुक्त सहकार्यमा आयोजित तालिमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समयानुकुल देखा परेका बिभिन्न अपराधसंगै बिधुतिय अपराध (साइवर अपराध)पनि मनाव बिकासमा चुनौतीको बिषय बन्दै गइरहेको बताउनु भयो। भौतिक रुपमा हुने अपराध भन्दा बिधुतिय (साइवर) अपराधले मानविय जिवनमा अकल्पनिय घटनाहरु समेत घट्ने भएकोले साइवर अपराध नियन्त्रण गर्नमा तालिमले सहयोग पुग्ने अध्यक्ष ढकालले विशवास ब्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले अवको युवाहरुलाई सामाजिक सञ्जालको उपयोग र सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिने जिवनोपयोगी ज्ञान शिक्षा र सिपबारे सचेतना दिनु आवस्यक रहेको बताउनु भयो। प्रवक्ता तुलाचनले सामाजिक सञ्जालको अधिक्तम दुरुपयोगले युवाहरुमा बिभिन्न घटनाहरु घट्दै गइरहेको सन्दर्भमा हरेक युवाहरुलाई उधमशिलता तर्फ डोर्याउदै लगानी र समय व्यबस्थापनबारे दिइने तालिमबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्नु भयो। नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक नारयाण शर्माले प्रशिक्षण दिनु भएको साइवर सुरक्षा ता आधुनिक युगमा भच्र्युअल सभ्यता सम्बन्धी तालिममा कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुसालले स्वागत गर्नु भएको थियो भने तालिममा ६० जनाको सहभागिता रहेको थियो।
कञ्चन जेसिज सप्ताह : दोश्रो दिन साइवर सुरक्षा सम्बन्धी तालिम सम्पन्न
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??