रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ का महिलाहरुलाई एकदिने उदघोषण कला सम्बन्धी तालिम प्रदान गरिएको छ। कञ्चन गाउपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा कञ्चन जेसिज बर्ष २०२२ को अयोजनामा उक्त तालिम प्रदान गरिएको हो। कञ्चन गाउपालिका वडा नं. ४ मा क्रियाशिल महिला तथा आमा समूहका पदाधिकारीहरुलाई लक्षित गरी संचालन गरिएको उदघोषण कला तालिमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुको सशक्तिकरणबाट नै समाज रुपान्तरणमा अहम भुमिका रहने बताउनु भयो। अवको सभ्य समाज निर्माण गर्न महिलाहरुको भुमिकालाई सक्रिय बनाउन महिलाहरुमा शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, तथा राजनैतिक रुपमा सचेत र सवल हुन आवस्यक रहेको कुरामा उपाध्यक्ष थापा मगरले जोड दिनु भयो। महिलाहरुलाई गाउपालिकाको समृद्धिको साझेदार बन्न र आफुले नेतृत्व गरेको संघसंस्थालाई मितव्ययी, पारदर्शी र व्यबस्थित बनाउन पनि महिला भित्र रहेको परिवर्तनकारी भावनालाई उजागर गर्न सहयोग पुग्ने उद्धेश्यले उदघोषण कला तालिम सम्बन्धी योजना समावेश गरिएको समेत उपाध्यक्ष थापा मगरले उल्लेख गर्नुभयो।
यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले वडाको समुचित बिकास गर्न र सभ्य समाज निर्माण गर्न वडामा रहेका हरेक वडावासी र वडामा भित्र क्रियाशिल बिभिन्न संघसंस्थाहरुको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्नु भयो। एक जना आमा सक्षम र सवल भएको अवस्थामा मात्र त्यो घर अनुशासित, सभ्य, व्यवस्थित हुने तीनै परिवारहरुको मिश्रणबाट सभ्य समाजको निर्माण हुने भएकोले हरेक आमाहरुलाई समाज रुपान्तरणको नेतृत्वको बिकास गर्न आवस्य रहेको वडा अध्यक्ष खत्रीले बताउनु भयो। वडा अध्यक्ष खत्रीले अवसर पाए हरेक महिलाहरुमा समाजलाई सु-संस्कृत बनाउन सक्ने क्षमता राख्ने भएकोले कम्तीमा वडामा रहेका महिला तथा आमा समूहका पदाधिकारीहरुलाई भएपनि उनिहरुको क्षमता बिकास गर्न उदघोषण कला तालिम चालु आ.व.मा योजनाको रुपमा राखिएको जानकारी गराउनुभयो।
फुढल्याण्ड पार्टी प्यालेस, कञ्चन ४ को सभाहलमा सम्पन्न भएको तालिममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो भने नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय अध्यक्ष तथा नेपाल जेसिजका प्रशिक्षक कल्पना पाण्डे ‘कुसुम’ले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरी, कार्यपालिका सदस्य शुसिला थापा, प्रशिक्षार्थीहरुको तर्फबाट गोमा कुमारी पौडेल लगायतले उदाघोषण कला तालिमबाट ‘अव मैले नगरे कसले गर्छ? समाज रुपान्तरणको दिशामा मेरो भुमिकालाई प्राथमिकता बनाउन मैले मबाटै कामको शुभारम्भ गर्छु’ भनेर अगाडी बढ्ने प्रेरणा मिलेको समेत बताउनुभयो।
कञ्चन जेसिज बर्ष २०२२ का अध्यक्ष राजन शर्मा पौडेलको अध्यक्षता र महासचिव बुद्धि प्रसाद रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो। कञ्चन जेसिजको जेसिज सप्ताह अन्तर्गत तेश्रो दिन महिला लक्षित उदघोषण कला तालिम सम्पन्न भएको हो भने चौथो दिन अर्थात मंसिर २१ गते लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालयमा विपन्न तथा जेहेन्दार बिधार्थीहरुलाई बिधालय पोशाक वितरण गर्ने कार्यक्रम रहेको कञ्चन जेसिज बर्ष २०२२ का तालिम संयोजक दुर्गा पोख्रेलले जानकारी दिनुभएको छ।
कञ्चनमा महिला समूहका पदाधिकारीहरुलाई उदघोषण कला सम्बन्धी तालिम
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??