नमस्ते बचत तथा ऋण सहकारी संस्था, लिमिटेड कञ्चन -१, रुपन्देहीको १३ औं साधरण सभा सम्पन्न भएको छ । शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्न योजनाबद्ध सदस्य लक्षित कार्यक्रमहरु सञचालन गर्नु पर्ने वक्ताहरुले जोड दिएका छन। साधरण सभाको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सहकारीमा नियमित बचत गर्ने बानीको बिकासमा बृद्धि भएपनि बचत गरिएको रकमबाट आय तथा व्यवसायमुलक कार्यक्रम सञ्चालन गर्न शेयर सदस्यहरुलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले हरेक शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्न सहकारी मार्फत सामुहिक खेती तथा व्यबसाय सञ्चालन गर्न सदस्यहरुलाई उत्साहित नगरेसम्म ऋणका लागि शेयर सदस्य बन्ने धारणाले प्राथमिकता पाउने उल्लेख गर्नुभयो।
कार्यक्रमका बिशिष्ट अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष अर्विन्द्र चन्द आचार्यले सहकारी स्थापनाको समयमा भन्दा आज शेयर सदस्य बिस्तार गर्न सहज हुदै गइरहेको बताउनु भयो। आपसी सहकार्यबाट पुंजीको संकलनबाट सदस्यहरुको आर्थिक जिवन स्तर बृद्धि गर्ने स साना उधोग तथ कलकारखाना समेत स्थापना गर्न सकिने स.स्थापक अध्यक्ष आचार्यले बताउनुभयो। संस्थाका अध्यक्ष मन बहादुर पुनले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै ९९,१४,२०० रुपैया संस्थाको शेयर पुँजी रहेको जानकारी दिनुभयो। ८०५ जना शेयर सदस्य रहेको संस्थाले आ.व. २०७८०७९ मा २१ लाख ३२ हजार ५०० रुपैया नाफा गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो। अध्यक्ष पुनले संस्थाको जगेडा कोष २४ लाख ५० हजार ६८८ रुपैया, ६ करोड, १२ लाख, ५९ हजार ३२३ रुपैया कर्जा लगानी रहेको बताउनु भयो। १० बर्षे कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष पुनले आगामी १० बर्षमा संस्थाको शेयर पुँजी ५ करोड पुर्याउन १ हजार ८ सय शेयर सदस्य र १५ करोड निक्षेप संकलन गरिने समेत बताउनुभयो।
संस्थाका लेखा सुपरिबेक्षण समितिका संयोजक यमन भण्डारीले संस्थाको लेखा सुपरिबेक्षण समितिले तयार गरेको लेखा परिक्षण प्रतिबेदन तथा कोषाध्यक्ष गोविन्द प्रसाद शर्माले संस्थाको आर्थिक प्रगति प्रतिबेदन प्रस्तु तगर्नु भएको थियो। संस्थाका अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न साधरण सभामा लेखा सुपरिबेक्षण समितिका सदस्य एलिता परियारले स्वागत गर्नु भएको थियो भने सचिव चिन्तामणी उपाध्यायले संचालन गर्नुभएको थियो।