spot_img
spot_img
spot_img

भियतनाममा यस वर्ष ३ लाखभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण : १ सय २२ जनाको मृत्यु

spot_img

एजेन्सी । भियतनाममा यस वर्ष अहिलेसम्म ३ लाख भन्दा धेरै जनामा डेङ्गीको सङक्रमण देखिएको छ । अहिलेसम्म ३ लाख २५ हजार ६ सय ४ जनामा डेङ्गी देखिएको हो । डेङ्गी ज्वरोका बिरामीमध्ये १ सय २२ जनाको ज्यान गएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विवरण अनुसार गएको वर्षको तुलनामा भियतनाममा डेङ्गी सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको छ । त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २ सय ६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देखिएको र त्यसबाट ५ जनाको ज्यान गएको भियतनामको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img